मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प – Pradesh Dristhi
देश

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल ट्याङ्करहरूमा शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गरेका छन्

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।

पछिल्लो पोस्टमा, ट्रम्पले जलक्षेत्रमा ट्याङ्करहरू रोकिएको उल्लेख गर्दै इरानले अनुचित व्यवहार गरिरहेको र होर्मुजको जलक्षेत्रबाट तेल पार गर्न अनुमति नदिएर विश्वव्यापी रुपमा गैरजिम्मेवार बनिरहेको उल्लेख गरेका छन्

युद्धविराम लागु भएपछि पारवहन पुनः सुरु भएको रिपोर्ट गरिए पनि बिहीबार कुनै पनि जहाजले होर्मुज जलक्षेत्र पार नगरेको ढुवानी ट्र्याकिङ डाटाले देखाएको थियो । यसैबिच, अमेरिकी उपराष्ट्रपति जे.डी.भान्सले यदि इरानले जलक्षेत्र खोल्ने आफ्नो प्रतिबद्धता पालन गरेन भने युद्धविरामको तुरुन्तै अन्त्य हुने पुष्टि गरेका छन् ।

यस अघि बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले कूटनीतिक वार्ताका लागि इरानसँग दुई हप्ताको युद्धविरामका लागि पाकिस्तानको संयुक्त प्रस्तावलाई अनुमोदन गरेका थिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker