मिति: २४ जेष्ठ २०८३, आईतवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि खुल्यो आवेदन – Pradesh Dristhi
जिवनशैली

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि खुल्यो आवेदन

 नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन माग गरेको छ ।

रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि नाम सिफारिस गर्ने समितिले एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका नागरिकलाई ७ दिनभित्र आवेदन दिन भनेको छ । जेठ १९ गतेभित्र इच्छुक नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन पेश गर्नुपर्नेछ ।

प्राधिकरणको अध्यक्षका लागि बीमा, मौद्रिक, बैकिङ वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।

त्यस्तै उच्च नैतिक चरित्र भएको, ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेको, भ्रष्टाचार, सम्पत्ती शुद्धीकरण, मानव बेचबिखनजस्ता कसूर नरहेका, कालोसूचीमा नपरेका वा फुकुवा भएको ३ वर्ष पूरा भएको जस्ता योग्यता जरुरत पर्दछ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.
Back to top button

Adblock Detected

Please off your Ad Blocker