मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सुबिसु र एपाक आइपीभी सिक्स काउन्सिलबिच सम्झौता – Pradesh Dristhi
देश

सुबिसु र एपाक आइपीभी सिक्स काउन्सिलबिच सम्झौता

काठमाडौँ । नेपालको इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया प्रशान्त क्षेत्रमा आइपीभी सिक्स प्रवर्द्धनका लागि क्रियाशील संस्था एपाक आइपीभी सिक्स काउन्सिलबिच महत्वपूर्ण सहकार्य सम्झौता भएको छ। काठमाडौँमा जारी चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीटको पहिलो दिन बिहीबार होटल र्‍याडिसनमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो

नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको यस सम्झौतामा सुबिसु लिमिटेडका तर्फबाट मुख्य कार्यकारी अधिकृत विनय मोहन सउद र एपाक आइपीभी सिक्स काउन्सिलका तर्फबाट अध्यक्ष प्रा. इमेरिटस डा. सुरेश्वरन रामादासले हस्ताक्षर गरेका छन्। यो सहकार्यले नेपाललाई एसिया प्रशान्त क्षेत्रको प्रविधि विमर्शको केन्द्रमा स्थापित गर्ने विश्वास गरिएको छ।

सम्झौताअनुसार दुई संस्थाबीच प्राविधिक ज्ञान, विज्ञहरूको आदानप्रदान, संयुक्त अनुसन्धान तथा प्रकाशन र परस्पर प्रचारप्रसारका क्षेत्रमा सहकार्य हुनेछ। यस समझदारीसँगै सुबिसुले एपाक आइपीभी सिक्स काउन्सिलको संस्थागत सदस्यता समेत प्राप्त गरेको छ। यसले नेपाली इन्टरनेट सेवा प्रदायकहरूलाई अन्तर्राष्ट्रिय स्तरको नेटवर्किङ र दूरसञ्चार पूर्वाधारमा आइपीभी सिक्सको सफल एकीकरण गर्न प्राविधिक नेतृत्व प्रदान गर्नेछ

सुबिसुका सीईओ सउदले अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्मेलनका बीच यस्तो महत्वपूर्ण साझेदारी गर्न पाउनु गर्वको विषय भएको बताएका छन्। उनले यो सम्झौताले नेपाली प्रविधि क्षेत्रलाई विश्व मञ्चसँग जोड्न पुलको काम गर्ने उल्लेख गरे।

एपाक आइपीभी सिक्स काउन्सिलले विश्वव्यापी आइपीभी सिक्स फोरमको एसिया प्रशान्त च्याप्टरका रूपमा यस क्षेत्रमा नेटवर्किङ प्रविधिको विस्तारमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker