मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा पेसी तोकियो – Pradesh Dristhi
देश

दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा पेसी तोकियो

काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो

पूर्वमन्त्री खड्काको हकमा श्रीमती विनीता थापाले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए । पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ परेका थिए । यसअघि बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले कागजात झिकाउने आदेश दिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको लिखित जबाफबाट खड्कालाई काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप भएको थियो । यस विषयमा के कसो भएको हो भनेर बिहीबार साँझ ५ बजेभित्र लिखित जबाफ अदालतबाट माग्न सर्वोच्चले आदेश जारी गरेको थियो । लिखित जवाफ पेस भएसँगै आजका लागि पेसी तोकिएको हो ।

त्यस्तै दोस्रो पटक हिरासतमा राख्ने गरी भएको म्याद थपको कागजात र अनुसन्धान गरिएका थप कागजातहरू नदेखिएकाले महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन पत्राचार गरेको थियो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker