मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो – Pradesh Dristhi
देश

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको छ ।

इडेन गार्डेन्समा हिजो राति पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रनमा लक्ष्य पूरा गर्‍यो ।
लखनउका आयुष बधोनी र मुकुल चौधरीले समान ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । मिचेल मार्शले १५, एडेन मार्करमले २२, ऋषभ पन्तले १० तथा निकोलस पूरनले १३ रनको योगदान दिए ।

कोलकाताका लागि वैभव अरोरा र अनुकूल रोयले २/२ विकेट लिँदा सुनिल नरेन, कार्तिक त्यागी र क्यामरन ग्रीनले १/१ विकेट लिए । कोलकाताका लागि अजिंक्य रहाणेले ४१ रन बनाउँदा अंगकृष रघुवंशीले ४५, क्यामरन ग्रीनले ३२ तथा रोभम्यान पावेलले ३९ रन जोडे ।

लखनउका लागि प्रिन्स यादव, मणिमरन सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले समान १/१ विकेट लिए । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले खेल्दैछन् । यो खेल गुवाहाटीमा बेलुकी पौने ८ बजे हुनेछ ।
 

अन्तिम अपडेट: चैत २७, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker