मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित) – Pradesh Dristhi
देश

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा लाग्ने शुल्क सार्वजनिक (सूचीसहित)

काठमाण्डौ – सरकारले काठमाण्डौको मुख्य नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीका लागि लाग्ने शुल्क दर सार्वजनिक गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिजो राजपत्रमा सूचना प्रकाशित गर्दै सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने दस्तुर तोकेको हो । मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो शुल्क निर्धारण गरेको हो ।

गएको साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा हिजो राजपत्रमा दररेट प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ । नयाँ दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका गाडीले काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै मिनी बस, मिनी टिपर र मिनी ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ । ठूला गाडीहरू बस/ट्रकका लागि लागि काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ ।

अत्यधिक भारवहनवाला गाडीका हकमा भने ६०० रुपैयाँ प्रवेश शुल्क र २५० रुपैयाँ बाहिरिने शुल्क निर्धारण गरिएको राजपत्रमा उल्लेख छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker