मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
दोस्रो राष्ट्रिय आर्थिक गणना आउँदो वैशाख २ गतेदेखि शुरू हुँदै – Pradesh Dristhi
देश

दोस्रो राष्ट्रिय आर्थिक गणना आउँदो वैशाख २ गतेदेखि शुरू हुँदै

काठमाण्डौ – आउँदो वैशाख २ गतेदेखि देशभर झण्डै ५ हजार कर्मचारी परिचालन गरी राष्ट्रिय आर्थिक गणना शुरु हुँदैछ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ शुरू हुँदैछ ।

आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले शुरू गर्न लागिएको गणनाको तयारीअन्तर्गत गणकहरुलाई तालिम दिन लागिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजनामा हिजो आयोजित कार्यक्रममा कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले देशभर रहेका ८४ कार्यालयबाट एकैसाथ तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक गणनाका लागि आवश्यक गणकको छनोट प्रक्रिया पूरा भइसकेको र सम्बन्धित पालिकालाई आवश्यक पत्राचार गरिसकिएको छ ।

तालिम सम्पन्न भएपछि गणकहरू देशभर आफ्नो जिम्मेवारीअनुसार खटिने छन् । यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ मा सञ्चालन भएको थियो । यस पटकको आर्थिक गणनालाई निजी–सरकारी सहकार्य मोडेलमा अघि बढाइएको छ ।
 

अन्तिम अपडेट: चैत २६, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker