मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
बुटवल–नारायणगढ सडक खुल्यो – Pradesh Dristhi
देश

बुटवल–नारायणगढ सडक खुल्यो

काठमाण्डौ – वर्षाका कारण अवरुद्ध भएको बुटवल–नारायणगढ सडकखण्ड खुलेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा हिलो र चिप्लो हुँदा अवरुद्ध भएको सडक एकतर्फी खुलेको हो । सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले दुवैतर्फबाट आलोपालो गाडी चलिरहेका छन् र जाममा बस्नुपर्ने अवस्था छैन । बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा वर्षाले गाडी आवागमनमा समस्या भएपछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

 

अन्तिम अपडेट: चैत २६, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker