मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
एपस्टिन प्रकरण : बिल गेट्सले अमेरिकी कंग्रेसमा बयान दिने – Pradesh Dristhi
देश

एपस्टिन प्रकरण : बिल गेट्सले अमेरिकी कंग्रेसमा बयान दिने

वासिङ्टन डीसी । अमेरिकी अर्बपति व्यापारी आगामी जुनमा अमेरिकी कंग्रेस अगाडि बयान दिने भएका छन् । यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनसँगको आफ्नो सम्बन्धबारे उनले स्पष्टीकरण दिन लागेका हुन् ।

कंग्रेसको हाउस ओभरसाइट समितिले एपस्टिन प्रकरणको अनुसन्धान गरिरहेको छ । यस मामिलामा बयान दिन सहमति जनाउने गेट्स पछिल्लो हाई प्रोफाइल व्यक्ति हुन् ।

उनका प्रवक्ताले बीबीसीलाई बताएअनुसार गेट्स समितिका सबै प्रश्नहरूको उत्तर दिन उत्सुक छन् । सुनुवाइ जुन १० मा हुने तय भएको छ । गेट्समाथि एपस्टिनका कुनै पीडितले दुराचारको आरोप लगाएका छैनन् । अनुसन्धान फाइलहरूमा उनको नाम समावेश भएकै भरमा आपराधिक गतिविधि भएको पुष्टि हुन्न ।

यस वर्षको सुरुवातमा न्याय मन्त्रालयले सार्वजनिक गरेको ३० लाखभन्दा बढी दस्ताबेजमा गेट्स र एपस्टिनबिचको सम्पर्कका विवरण पनि थिए । यद्यपि, अझै धेरै कागजात सार्वजनिक हुन बाँकी छन् । गत नोभेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसद्वारा पारित विधेयकमा हस्ताक्षर गर्दै एपस्टिनसम्बन्धी सबै सामग्री सार्वजनिक गर्न न्याय मन्त्रालयलाई निर्देशन दिएका थिए ।

त्यसपछि नै गेट्ससँग सम्बन्धित विवरण सार्वजनिक भएका हुन् । गेट्सले आफ्नो परोपकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका कर्मचारीहरूसँगको भेटमा एपस्टिनसँगको सम्बन्धबारे आफ्नो निर्णयमा गल्ती भएको स्वीकार गरेका थिए ।

वाल स्टिट जर्नलका अनुसार गेट्सले कर्मचारीहरूसँग माफी माग्दै एपस्टिनसँग कुनै अवैध गतिविधिमा संलग्न नभएको बताएका थिए । यसअघि अस्ट्रेलियाली मिडियासँगको अन्तर्वार्तामा पनि गेट्सले एपस्टिनसँगको भेटघाट सीमित रहेको र उनको निजी टापुमा कहिल्यै नगएको बताएका थिए ।

बरु एपस्टिनसँग बिताएको हरेक क्षणप्रति आफूलाई पछुतो भएको उनले भनेका थिए । समितिले मार्च ३ मा गेट्सलाई बयान दिन औपचारिक पत्र पठाएको थियो । यसअघि पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि समिति समक्ष बयान दिएका थिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker