मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सेयर बजार अब सोमबारदेखि शुक्रबारसम्म कारोबार – Pradesh Dristhi
देश

सेयर बजार अब सोमबारदेखि शुक्रबारसम्म कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार शनिबार र आइतबार बन्द गर्ने निर्णय गरेको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय कायम गर्ने  निर्णय गरेसँगै नेप्सेले पनि सोही अनुरूप आफ्नो कारोबार तालिका परिमार्जन गरेको हो ।

नेप्सेले  एक सूचना जारी गर्दै शनिबार र आइतबारबाहेक साबिककै समयमा धितोपत्रको कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि सेयर बजार आइतबारदेखि बिहीबारसम्म खुल्ने र शुक्रबार र शनिबार बन्द हुने गरेको थियो ।

665017312_1427240545344565_1654148513994325855_n

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker