मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
नियमावली मस्यौदा समिति : संशोधन गर्नुपर्ने बुँदाहरुमा बिहीबारदेखि छलफल सुरु हुने – Pradesh Dristhi
देश

नियमावली मस्यौदा समिति : संशोधन गर्नुपर्ने बुँदाहरुमा बिहीबारदेखि छलफल सुरु हुने

काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिमा बिहीबारदेखि संशोधन गर्नुपर्ने बुँदाहरुमा छलफल सुरु हुने भएको छ । बुधबार सिंहदरबारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि बोलाइएको समितिको बैठकमा भोलिदेखि संशोधन गर्नुपर्ने विषयका बारेमा नियमित छलफल सुरु गर्ने सहमति भएको हो

१५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद निश्कल राईका अनुसार सभापति पराजुलीले आजको बैठकमा नियमावलीको परिच्छेद १ देखि ८ सम्म वाचन गरेका थिए । ‘यसमा केही संशोधन गर्नुपर्ने भए भोलि लिएर आउनुहोला भनेर सभापतिले भन्नुभएको छ,’ राईले भने ।

यस समितका सदस्यहरुमा राईसहित ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker