मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
इजरायलमा रहेका नेपालीलाई सुरक्षित र सतर्क रहन दूतावासको आग्रह – Pradesh Dristhi
देश

इजरायलमा रहेका नेपालीलाई सुरक्षित र सतर्क रहन दूतावासको आग्रह

काठमाण्डौ – मध्यपूर्वमा बढ्दो तनाव र युद्धको परिस्थितिलाई मध्यनजर गर्दै इजरायलमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ ।

दूतावासले संयमता अपनाउन र आफू बसोबास गरिरहेकै ठाउँमा सतर्क एवं सुरक्षित रहन अनुरोध गरेको हो । नेपाली नागरिकहरूलाई इजरायल सरकारको होम फ्रन्ट कमाण्ड र अन्य आधिकारिक निकायहरूले जारी गरेका सूचना तथा निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न भनिएको छ ।

विशेषगरी, मोबाइलमा अलर्ट म्यासेज आएमा वा साइरन बजेमा हेलचेक्र्याइँ नगरी तुरुन्तै नजिकैको सेल्टरमा जान दूतावासको सुझाव छ । साथै, आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र र बैंक कार्ड जस्ता महत्त्वपूर्ण कागजातहरू सधैं आफूसँगै राख्न पनि दूतावासले भनेको छ ।

सामाजिक सञ्जालमा युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा शेयर नगर्न, घटनाक्रमको बारेमा नियमित जानकारी राख्न र आफ्ना साथीभाइ तथा परिवारसँग निरन्तर सम्पर्कमा रहन दूतावासको आग्रह छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker