मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मुम्बईलाई हराउँदै राजस्थान आईपीएल क्रिकेटको शीर्ष स्थानमा – Pradesh Dristhi
देश

मुम्बईलाई हराउँदै राजस्थान आईपीएल क्रिकेटको शीर्ष स्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले पराजित गरेको छ ।

गुवाहाटीमा गएराति वर्षाका कारण खेल ढिलो शुरू भएपछि ११ ओभरमा सीमित गरिएको थियो । टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनायो । राजस्थानका ओपनर यशस्वी जैसवालले उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा १० चौका र ४ छक्कासहित ७७ रन बनाए ।

मुम्बईका बलर अल्लाह गजनफरले २ विकेट लिए । १५१ रनको लक्ष्य पछ्याएको मुम्बईको शुरुवात राम्रो हुन सकेन । पावर प्लेभित्रै ३ विकेट गुमाएको मुम्बई ११ ओभरमा ९ विकेट गुमाएर १२३ रनमा सीमित भयो । मुम्बईका लागि शेर्फेन रदरफोर्ड र नमन धिरले समान २५ रन बनाए ।

राजस्थानका बलर सन्दीप शर्मा, नान्द्रे बर्गर र रवि बिश्नोईले समान २ विकेट लिए । राजस्थानले लगातार तेस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले भने तेस्रो खेलमा लगातार दोस्रो हार बेहोरेको छ ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाईटन्स खेल्नेछन । यो खेल नेपाली समयानुसार दिल्लीमा बेलुकी पौने ८ बजे शुरू हुनेछ ।
 

अन्तिम अपडेट: चैत २५, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker