देश
कुवेतमा भएको आक्रमणमा १५ अमेरिकी सैनिक घाइते

वासिङ्टन डीसी । कुवेतस्थित अली अल सलेम एयर बेसमा राति गरिएको इरानी ड्रोन आक्रमणमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजमार्फत उक्त जानकारी दिएका हुन् ।
अधिकारीहरूका अनुसार घाइतेमध्ये अधिकांश सैनिक सामान्य उपचारपछि पुनः आफ्नो काममा फर्किसकेका छन् । यसैबिच, इरानसँगको युद्ध सुरु भएयता हालसम्म कूल ३७३ जना अमेरिकी सैनिक घाइते भइसकेका छन् ।
अमेरिकी मध्य कमाण्ड (सेन्टकम)का अनुसार तीमध्ये ३३० जना पुनः ड्युटीमा फर्किएका छन भने पाँच जनाको अवस्था अझै गम्भीर रहेको छ ।



