देश
मलेसियाली ट्याङ्करलाई स्ट्रेट अफ होर्मुज भएर जाने अनुमति

क्वालालम्पुर । स्ट्रेट अफ होर्मुजमा अड्किएर बसेका आफ्ना सातवटा व्यावसायिक जहाजमध्ये एकलाई सुरक्षित रूपमा पारवाहनको अनुमति दिइएको मलेसियाले पुष्टि गरेको छ । मलेसियाको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार उक्त जहाज अहिले आफ्नो अन्तिम गन्तव्यतर्फ अघि बढिरहेको छ ।
उच्चस्तरीय कूटनीतिक पहलपछि यो सकारात्मक परिणामसम्भव भएको मन्त्रालयले जनाएको छ । यस क्रममा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबिच गत महिना टेलिफोन संवाद भएको उल्लेख गरिएको छ । यद्यपि, मन्त्रालयले जहाजको नाम, त्यसले बोकेको सामान वा अन्तिम गन्तव्यबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।
उता, क्वालालम्पुरस्थित इरानी दूतावासले सोमबार सामाजिक सञ्जालमार्फत पहिलो मलेसियाली जहाजले स्ट्रेट अफ होर्मुज पार गरिसकेको जनाएको छ ।



