मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
प्रश्नको अस्तित्व नभए जनता आफैँ सदनमा छिर्छन् : मनिष झा – Pradesh Dristhi
देश

प्रश्नको अस्तित्व नभए जनता आफैँ सदनमा छिर्छन् : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्तासमेत रहेका प्रतिनिधिसभा सदस्य मनिष झाले सदनमा जनताको प्रश्नको अस्तित्व नभए जनता आफैँ सदनमा छिर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद झाले सदन भनेको जनताको आवाज उठाउने ठाउँ भएको बताएका हुन् ।

‘सदनमा जनताको प्रश्नको अस्तित्व हुँदैन भने त्यहाँ जनता आफैँ छिर्छन्,’ झाले भने, ‘त्यो भदौ २३ र २४ गते देखियो । त्यो सहकर्मी साथीहरूले सम्झिरहनुहोला ।’

यसअघि सदन बालुवाटार, बूढानीकलकन्ठ, बालकोट र खुमलटारको बन्न खोज्दा भदौ २३ र २४ को घटना घटेको झाले बताए । उनले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई सदनलाई स्वतन्त्र बनाउन शुभकामना दिए ।

सदनमा सत्तापक्षको दम्भ देखिदा जेनजी आन्दोलन भएको झाले बताए । ‘सत्ताले सदनमा दम्भ देखाउँदा के हुन्छ, त्यो भदौ २३ र २४ देखिइसक्यो,’ झाले भने, ‘सभामुखले उदारता देखाउनु छ, संस्कार देखाउनु छ र विश्वास दिलाउनु छ ।’

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker