मिति: १७ बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
तीन करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन राष्ट्र बैंकको निर्देशन – Pradesh Dristhi
देश

तीन करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो भार घटाउन निर्देशन दिएको हो ।

यसअघि यी कर्जाको जोखिमभार शतप्रतिशत थियो ।

तर, यस्तो अण सहुलियत हुन कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्र हुनु पर्नेछ । त्यस्तै, ऋणको बीमा भएको वा पर्याप्त धितो कायम भएका ऋणका हकमा मात्रै यस्तो सुविधा पाइने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले शासकीय सुधारका १०० कार्यसूचीमा साना तथा मझौला ऋणको जोखिम भार घटाउने विषय समावेश गरेको थियो ।

यो बुँदालाई कार्यान्वयन गर्न र यसअघिका राष्ट्र बैंकले नै ल्याएका एसएमई कर्जा विस्तारका कार्यक्रमलाई अघि बढाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker