मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
नागरिक क्षेत्रमा आक्रमण भए थप विनाशकारी प्रतिकार गर्ने इरानको चेतावनी – Pradesh Dristhi
देश

नागरिक क्षेत्रमा आक्रमण भए थप विनाशकारी प्रतिकार गर्ने इरानको चेतावनी

तेहरान । अमेरिका र इजरायलले नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण दोहोर्‍याए अझ धेरै विनाशकारी प्रतिकार गर्ने चेतावनी इरानले दिएको छ ।

सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकाष्टिङमा प्रकाशित वक्तव्यमा इरानको उच्च सैन्य कमान्ड खतम अल–अबिया केन्द्रीय मुख्यालयका प्रवक्ताले भनेका छन्, ‘यदि नागरिक लक्ष्यहरूमा आक्रमण दोहोरिन्छ भने, हाम्रो आगामी आक्रामक तथा प्रतिकारात्मक कारबाही झन् व्यापक र विनाशकारी हुनेछ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारसम्म इरानले स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन नगरे विद्युत् केन्द्र र पुलहरूमा आक्रमण गर्न सकिने धम्की दिएको समयमा यो प्रतिक्रिया आएको हो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker