मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
वनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु – Pradesh Dristhi
देश

वनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो

बैठकमा पार्टी सभापति रवि लामिछाने भने स्वास्थ्य अवस्थाका कारण  भर्चुअल तरिकाबाट जोडिएका छन् ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे छलफल हुने बताइएको छ।

समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १२५ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहने भएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker