युद्धले अस्तव्यस्त मध्यपूर्व, हेर्नुहोस् २० तस्बिर
अमेरिका-इजरायल-इरान युद्धमा होमिएको आज (मार्च १५ तारिख) १६औँ दिन भइसकेको छ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता द्वन्द्व जारी छ।
जवाफमा इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा यतिबेला सिंगो मध्यपूर्वमा द्वन्द्व फैलिएको छ।
जसले गर्दा ती देशको जनजीवन नै तहसनहस भइरहेको छ।
युद्धकै कारण दुबईबाट ठुलो संख्यामा बेलायती प्रवासी फर्किरहेका छन् भने लन्डनमा भाडाका घरहरूको माग अचानक बढेको छ।
डेली मेलका अनुसार असुरक्षा बढेपछि धेरै मानिस विस्थापित भइरहेका छन्।
आक्रमणले इरानमा अहिलेसम्म २० हजार नागरिक भवनलाई असर पारेको छ। ७७ स्वास्थ्य पूर्वाधार तथा ६५ विद्यालय ध्वस्त भइसकेका छन्।
लेबननमा पनि इजरायलले आक्रमण गरिरहेको छ। जसका कारण ८ लाख मानिसले आफ्नो घर छाडिसकेका छन्।
अल जजिराका अनुसार तीमध्ये २ लाखभन्दा बढी बालबालिका छन



