मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
प्रचण्ड विजयी हुँदा नेकपाका पूर्वपदाधिकारी को–को छन् रेड जोनमा ? – Pradesh Dristhi
देश

प्रचण्ड विजयी हुँदा नेकपाका पूर्वपदाधिकारी को–को छन् रेड जोनमा ?

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामपन्थी दलहरूलाई ठुलो धक्का लागेको छ । शनिवार ३ बजेसम्म १६२ स्थानको मतगणना हुँदा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ४२ सिट जितेको छ भने ७७ स्थानमा अग्रता कायमै राखेको छ । तीन वर्षअघि खुलेको रास्वपाको पक्षमा सुनामी लहर आउँदा पुराना वामपन्थी दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी इतिहासकै गम्भीर संकटमा फसेका छन् ।

नेकपा एमालेले २ स्थानमा विजयी हुँदा ८ स्थानमा अग्रता कायमै राखेको छ । यता २६ वटा वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा विजयी हुँदा ६ स्थानमा अग्रता कायम राखेको छ । २०४८ सालदेखि लगातार संसदमा उपस्थिति जनाएको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक सिट पनि जित्न सकेन । १२ वर्षपछि निर्वाचनमा होमिएको विप्लव नेतृत्वको नेकपा माओवादीले अहिलेसम्म एक सिट जित्ने स्थितिमा छैन ।

नेकपाबाट अहिलेसम्म संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्र विजयी भएका छन् । प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका हुन् । सहसंयोजक माधव कुमार नेपाल निकटतम प्रतिस्पर्धी पनि बन्न सकेका छैनन् । साबिक माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ६/६ जना पदाधिकारी चुनावी मैदानमा उत्रिएका छन् । साबिक नेपाल समाजवादी पार्टीबाट दुई जना र मातृभूमि जागरण अभियानबाट एक जना चुनावी प्रतिस्पर्धामा छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker