अन्तर्राष्ट्रियताजा समाचारदेशमधेस प्रदेशराष्ट्रिय समाचारशिक्षासूचना / प्रबिधि
कांग्रेस आधिकारिकता मुद्दामा विश्वप्रकाशले पनि बहस गर्ने

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीआधिकारिकताको मुद्दामा सर्वोच्च अदालतमा आज विपक्षीबाट बहसमा भाग लिने भएका छन्।
विशेष महाधिवेशनलाई मान्यता नदिन कांग्रेस पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ ।
आज शुक्रबार विशेष महाधिवेशनको पक्षबाट बहसमा भाग लिनेहरूको लागि समय छुट्याइएको छ।
विशेष महाधिवेशनलाई मान्यता नदिन दायर गरेको रिटमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।
पूर्वसभापति शेरबहादुर देउवाको पक्षबाट हिजो अधिवक्ताहरू गोविन्द बन्दी, शेरबहादुर केसी, पंकज कर्ण, एगराज पोखरेल लगायतले बहस गरे।
बिहीबार नै सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए ।
आज सभापति थापा पक्षले बहस गर्नेछ।



