मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अर्जुन कुमाल पहिलोपटक समेट्दै लिग २ खेल्ने नेपाली टोली घोषणा, विनोदको पुनरागमन – Pradesh Dristhi
अन्तर्राष्ट्रियताजा समाचारदेशमधेस प्रदेशमुख्य समाचारराष्ट्रिय समाचारसूचना / प्रबिधि

अर्जुन कुमाल पहिलोपटक समेट्दै लिग २ खेल्ने नेपाली टोली घोषणा, विनोदको पुनरागमन

४ वैशाख, काठमाडौं । नेपालमा हुने लिग २ क्रिकेटका दुई घरेलु शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा ओडिआई टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विहान १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा अर्जुन कुमाल पनि परेका छन् भने विनोद भण्डारी पनि पुनरागमन गरेका छन् ।

घरेलु क्रिकेटदेखि उमेर समूहमा शानदार प्रदर्शन गर्दै आएपनि अर्जुन कुमाल राष्ट्रिय टोलीको क्याम्पमा पनि अटाएका थिएनन् । जारी पीएम कपमा पनि शानदार लय जारी राखेपछि उनी टिममा पर्नुपर्ने चर्चा हुँदै आएको थियो ।

यसअघि उनीमाथि उपेक्षा हुँदा क्यानको आलोचना समेत हुँदै आएको थियो तर अर्जुनले भने ब्याटबाटै जवाफ दिइरहेका थिए । उनै अर्जुन अब घरेलु ओडीआई शृंखलाका लागि नेपाली टोलीमा परेका छन् ।

स्तै विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि ओडीआई टिममा पुनरागमन गरेका छन् । उनले पछिल्लोपटक सन् २०२२ मा स्कटल्यान्डसँग खेलेका थिए ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, बसिर अहमद, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल,
सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker