मिति: ९ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पुरानै ढर्रामा सीमित भएर आर्थिक प्रगति सम्भव छैन : वरिष्ठ उपाध्यक्ष मल्होत्रा – Pradesh Dristhi
देश

पुरानै ढर्रामा सीमित भएर आर्थिक प्रगति सम्भव छैन : वरिष्ठ उपाध्यक्ष मल्होत्रा

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले मुलुकको आर्थिक समृद्धिका लागि स्पष्ट कानुनी व्यवस्था र पर्याप्त पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिएका छन्। चेम्बरको ७५ औँ वर्षगाँठको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले कानुनी जटिलता अन्त्य नगरेसम्म लगानीको वातावरण नबन्ने बताएका हुन्

मल्होत्राले आत्मनिर्भर, समावेशी र दिगो अर्थतन्त्र निर्माणका लागि कृषिमा आधुनिकीकरण, उद्योगमा विविधीकरण र सूचना प्रविधिमा लगानी बढाउनुको विकल्प नभएको उल्लेख गरे। नेपालले अब पर्यटन र प्रविधिलाई मुख्य आधार बनाएर आर्थिक रणनीति तय गर्नुपर्ने उनको सुझाव छ। विशेषगरी नयाँ पुस्तालाई स्वदेशमै रोक्न र उद्यमशील बनाउन ‘स्टार्टअप संस्कृति’ को विकास गर्नुपर्नेमा उनले विशेष जोड दिए।

विश्व बजारमा बढ्दो प्रतिस्पर्धालाई सामना गर्न परम्परागत सोच र कार्यशैली त्याग्नुपर्ने मल्होत्राको भनाइ छ। ‘हामी पुरानै ढर्रामा सीमित भएर आर्थिक प्रगति सम्भव छैन,’ उनले भने, ‘समयानुकूल नवप्रवर्तन, डिजिटल रूपान्तरण र दिगो विकासको बाटोमा हिँड्नु आजको आवश्यकता हो।’

डिजिटल अर्थतन्त्रको महत्वबारे चर्चा गर्दै उनले प्रविधिमा आधारित व्यवसाय प्रवर्द्धनका लागि निजी क्षेत्र र सरकारबीच बलियो सहकार्य हुनुपर्ने बताए। युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्ने खालका नीतिगत सुधार र वित्तीय पहुँचमा सहजता ल्याउन सके मात्र देशले आर्थिक फड्को मार्न सक्ने उनको दाबी छ।

कार्यक्रममा उनले चेम्बरले आगामी दिनमा निजी क्षेत्रको हकहितका साथै नवप्रवर्तनका क्षेत्रमा थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker