मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
युद्धले क्षतिग्रस्त मध्यपूर्वको पुनर्निर्माणमा नेपाली सिमेन्ट र निर्माण सामग्री निर्यात गर्न सकिन्छ: शरदविक्रम राणा – Pradesh Dristhi
देश

युद्धले क्षतिग्रस्त मध्यपूर्वको पुनर्निर्माणमा नेपाली सिमेन्ट र निर्माण सामग्री निर्यात गर्न सकिन्छ: शरदविक्रम राणा

काठमाडौँ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले मध्यपूर्वमा देखिएको पछिल्लो तनाव र द्वन्द्वका बिच नेपालका लागि निर्यातको ठुलो अवसर सिर्जना भएको बताएका छन् । खाडी क्षेत्रमा जारी युद्ध र तनावले तेल आपूर्तिमा समस्या देखिए पनि पुनर्निर्माणका लागि आवश्यक निर्माणजन्य सामग्रीको माग ह्वात्तै बढेको उनको भनाइ छ ।

राजधानीमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा कार्यकारी निर्देशक राणाले मध्यपूर्वका देशहरूले पुनर्निर्माणका लागि नेपाली सिमेन्टको माग गरिरहेको बताए ।  सार्वजनिक मञ्चहरूमा व्यवसायीहरूले नेपाल सिमेन्टमा आत्मनिर्भर भएको र निर्यातका लागि पर्याप्त मौज्दात रहेको दाबी गरे पनि विदेशी माग आउँदा आपूर्ति गर्न नसकिएकोमा उनले आश्चर्य व्यक्त गरे ।

मध्यपूर्वका इरान र इजरायल जस्ता देशहरूले ठुलो परिमाणमा निर्माण सामग्रीको माग गरिरहेको उल्लेख गर्दै राणाले नेपालले राम्रो तयारी गरे यसको फाइदा  लिनसक्ने बताए । कतिपय देशहरूले एकअर्कासँग आर्थिक कारोबार नगर्ने परिस्थितिले गर्दा नेपाल जस्ता मुलुकका लागि बजार विस्तार गर्ने यो सुनौलो अवसर भएको उनको विश्लेषण छ ।

मध्यपूर्वको लडाइँका क्रममा पानी प्रशोधन केन्द्रहरूमा समेत आक्रमण भएकाले त्यहाँ खानेपानीको ठुलो संकट पर्न सक्ने सम्भावना उनले औँल्याए। नेपालबाट पानी निर्यात गर्नसक्ने प्रचुर सम्भावना भए पनि हालको अवस्थामा केही प्राविधिक र नीतिगत कठिनाइ रहेको उनले बताए। सिमेन्ट र पानी बाहेक अन्य उपभोग्य वस्तुहरू पनि मध्यपूर्वको बजारमा निकासी गर्न सकिने प्रशस्त सम्भावना देखिएकाले निजी क्षेत्र र सरकार दुवैले यसमा सक्रियता देखाउनुपर्नेमा उनले जोड दिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker