मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कामना सेवा विकासद्वारा मर्चेण्ट बैङ्किङ सेवाका लागि सहायक कम्पनी स्थापना – Pradesh Dristhi
देश

कामना सेवा विकासद्वारा मर्चेण्ट बैङ्किङ सेवाका लागि सहायक कम्पनी स्थापना

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैङ्किङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्ने भएको छ

उक्त कम्पनीलाई सहायक कम्पनीको रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको बैंकले जनाएको छ । यसअघि बैंक र आकाश क्यापिटल लिमिटेडबिच संस्थापक सेयर खरिद बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको थियो ।

नेपाल राष्ट्र बैंकबाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्बन्धी कानुन तथा नियामकीय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रियाहरू पूरा गरी मर्चेण्ट बैङ्किङ सेवाहरू सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

हाल आकाश क्यापिटल लि.को नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंक लि.को सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’ को रूपमा सञ्चालन हुने बैंकले जनाएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker