मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
‘एक्का तीन’मा पुष्पको जोडी पूजा – Pradesh Dristhi
देश

‘एक्का तीन’मा पुष्पको जोडी पूजा

काठमाडौँ । आगामी जेठ महिनाबाट छायाङ्कनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’ अभिनेत्री पूजा शर्माको जोडीको रूपमा अभिनेता पुष्प खड्का छानिएका छन् । निर्माण युनिटले बुधबार फिल्ममा पुष्प छानिएको जानकारी दिएको हो । फिल्म पूजा र पुष्प प्रेमीप्रेमीकाको रूपमा देखिनेछन् ।

फिल्म रुपेश तामाङले निर्देशन गर्न लागेका हुन् । फिल्मका लागि यसअघि पूजा फाइनल भएकी थिइन् । एक्सन जनरामा निर्माण हुने फिल्मबाट एक–एक जना नव–नायक र नव–नायिकालाई भित्राउने तयारी पनि गरिएको छ ।

सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन् ।

पुष्प र पूजाले फिल्म ‘३६ को आँकडा’मा पनि पर्दा शेयर गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेका यी दुईलाई  दर्शकले ठूलो पर्दामा प्रतीक्षा गरिरहेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker