मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
इरानको युरेनियमको पूरै ख्याल राखिनेछ: ट्रम्प – Pradesh Dristhi
देश

इरानको युरेनियमको पूरै ख्याल राखिनेछ: ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पले इरानको युरेनियम भण्डारको पूरै ख्याल राखिने बताएका छन् । युद्धविराम घोषणा पश्चात् मंगलबार एएफपीसँगको अन्तर्वार्तामा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

युरेनियम आणविक हतियार निर्माणका लागि चाहिने मुख्य तत्त्व हो । इरानसँग प्रशस्त मात्रामा युरेनियम रहेको मानिन्छ । युरेनियम नै इरान युद्धको प्रमुख चिन्ता थियो ।

गत महिना वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पले उक्त युरेनियम सुरक्षित गर्न सैन्य कारबाही गर्ने विकल्पबारे विचार गरिरहेको उल्लेख गरेको थियो । यद्यपि अन्तिम निर्णय भने गरिएको थिएन ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker