मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
एक दशकपछि ताइवानको मुख्य विपक्षी दलकी नेतृ बेइजिङ पुग्दा तरङ्ग – Pradesh Dristhi
देश

एक दशकपछि ताइवानको मुख्य विपक्षी दलकी नेतृ बेइजिङ पुग्दा तरङ्ग

बेइजिङ । ताइवानको मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) की अध्यक्ष चेङ ली-वुन मंगलबार चीन भ्रमणमा पुगेकी छन्। एक दशकपछि बहालवाला पार्टी प्रमुखले चीनको भ्रमण गरेको यो पहिलो पटक हो

चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणालाई ‘सहर्ष स्वीकार’ गर्दै आफू शान्तिको सेतु बन्न चीन आएको चेङले बताएकी छन्। छ दिने भ्रमणका क्रममा उनले सांघाई, नान्जिङ र बेइजिङको भ्रमण गर्नेछिन् भने भ्रमणको अन्तिम चरणमा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सन् २०१६ मा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी साई इङ-वेन ताइवानको राष्ट्रपति बनेपछि चीनले ताइवानसँगका कतिपय सञ्चार सम्पर्कहरू विच्छेद गरेको थियो। साईले एक चीनको अवधारणालाई अस्वीकार गरेपछि बेइजिङ चिढिएको थियो।

यस्तो पृष्ठभूमिमा केएमटी नेत्रीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। परम्परागत रूपमा चीनसँग नरम सम्बन्ध राख्ने केएमटीका पूर्ववर्ती नेताहरूभन्दा चेङ बढी उत्साहित देखिएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

यो भ्रमण यस्तो समयमा भएको छ, जब ताइवानमा अमेरिकाप्रतिको अविश्वास बढ्दो छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान नीतिमा विरोधाभासी संकेतहरू दिएको र ताइवानले आफ्नो रक्षाका लागि अमेरिकालाई रकम तिर्नुपर्ने जस्ता अभिव्यक्ति दिएपछि त्यहाँ संशय पैदा भएको हो।

विश्लेषक विलियम याङका अनुसार चेङले यसलाई ताइवानको तनाव कम गर्न सक्ने एक मात्र सक्षम राजनीतिक नेताको रूपमा आफूलाई प्रस्तुत गर्ने अवसरको रूपमा लिएकी छन्। ताइवानमा यसै वर्षको अन्त्यमा हुने स्थानीय चुनावका लागि पनि यो भ्रमण राजनीतिक रूपमा लाभदायक हुन सक्ने देखिन्छ।

चीनले ताइवानलाई आफ्नो छुट्टै प्रान्त मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर भए पनि गाभ्ने चेतावनी दिँदै आएको छ। हालै मात्र अमेरिकी प्रतिनिधिमण्डलले ताइवान भ्रमण गरी ४० अर्ब डलरको रक्षा बजेट पारित गर्न दबाब दिएको थियो, जुन अहिले विपक्षी नियन्त्रित संसदमा अड्किएको छ।

यता, राष्ट्रपति सीले आगामी मे १४ र १५ मा डोनाल्ड ट्रम्पसँग हुने भेटअघि ताइवानी विपक्षी नेतृलाई स्वागत गरेर अमेरिका-ताइवान रक्षा सहकार्यको औचित्यमाथि प्रश्न उठाउन खोजेको राजनीतिक विश्लेषक वेन-टी सुङको विश्लेषण छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker