मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता – Pradesh Dristhi
देश

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबिच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा राजदूत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यीको तर्फबाट मन्त्री खनाललाई कार्यभार सम्हालेकोमा बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

भेटका क्रममा नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा विस्तृत छलफल भएको छ। राजदूत माओमिङले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेका थिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker