मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
आर्टिमिस–२ ले बनायो मानव इतिहासकै सबैभन्दा टाढाको यात्रा कीर्तिमान – Pradesh Dristhi
देश

आर्टिमिस–२ ले बनायो मानव इतिहासकै सबैभन्दा टाढाको यात्रा कीर्तिमान

काठमाण्डौ – अमेरिकी अन्तरिक्ष संस्था नासाको आर्टिमिस-२ मिसन अन्तर्गत ४ जना अन्तरिक्ष यात्रीहरूले मानव इतिहासमै सबैभन्दा टाढा पुग्ने कीर्तिमान कायम गरेका छन् ।

यो टोलीले पृथ्वीबाट झण्डै ४ लाख ६ हजार ७७१ किलोमिटर टाढा पुग्दै यसअघिको मानव अन्तरिक्ष यात्राको दूरीको कीर्तिमान तोडेको बीबीसीले जनाएको छ । यसअघि सन १९७० मा अपोलो १३ मिशनले झण्डै ४ लाख किलोमिटर यात्राको कीर्तिमान बनाएको थियो ।

आर्टिमिस-२ चन्द्रमाको पछाडिबाट यात्रा गर्दा आज बिहान झण्डै ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क विच्छेद भएको थियो, जुन पूर्वनिर्धारित थियो । त्यसपछि अन्तरिक्षयान पुनः सम्पर्कमा आयो । यस क्रममा यात्रीहरुले अन्तरिक्षबाट दुर्लभ पूर्ण सूर्यग्रहण समेत अवलोकन गरेका छन्, जसलाई उनीहरूले “शब्दमा व्यक्त गर्न कठिन” अनुभव भएको बताएका छन् ।

यो यानले चन्द्रमामा अवतरण नगरी यसको पछाडिबाट परिक्रमा गर्दै पृथ्वीमा फर्किने क्रममा विभिन्न वैज्ञानिक अवलोकनहरू गरेको छ । मिसनको उद्देश्य भविष्यमा चन्द्रमामा मानव अवतरणका लागि आवश्यक प्रविधि परीक्षण गर्नुका साथै नयाँ पुस्तालाई अझ ठूलो उपलब्धी हासिल गर्न प्रेरित गर्नु रहेको नासाले जनाएको छ ।

आर्टिमिस-२ आउँदो शुक्रबार पृथ्वीमा अवतरण हुनेछ ।

 

अन्तिम अपडेट: चैत २४, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker