मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रकम दाखिला गर्न पाँच निर्माण कम्पनीलाई ३५ दिने अल्टिमेटम – Pradesh Dristhi
देश

रकम दाखिला गर्न पाँच निर्माण कम्पनीलाई ३५ दिने अल्टिमेटम

काठमाडौँ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, सित्खा, रामेछापले सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न नगर्ने पाँच वटा निर्माण व्यवसायीहरूलाई ३५ दिनभित्र करिब १ अर्ब रुपैयाँ राजस्व खातामा दाखिला गर्न अन्तिम अल्टिमेटम दिएको छ ।

२०८१ जेठ २३ गते प्रकाशित सार्वजनिक सूचना अनुसार ती कम्पनीहरूले सम्झौताको सर्त पालना नगरेको र काम अधुरो छाडेका कारण ठेक्का रद्द गरिएको र बाँकी काम सम्पन्न गर्न लाग्ने शोधभर्ना बापतको रकम बुझाउन निर्देशन दिइएको हो ।

यसअघि २१ दिनको समय दिँदा समेत रकम दाखिला नगरेपछि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम यो अन्तिम सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्ने ठेकेदारहरूमा सबैभन्दा धेरै रकम भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी रहेको छ, जसले भोजपुर–दिक्तेल सडक खण्डको काम अधुरो छाडेबापत ६७ करोड १२ लाख २८ हजार ७२२ रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यसैगरी, लोहनी/आत्रेय जेभीले १६ करोड ४५ लाख, सिरुवा कन्स्ट्रक्सनले ६ करोड ९४ लाख, वाईपी विकास एन्ड ब्रदर्स/आत्रेय जेभीले ६ करोड ४ लाख र नागार्जुन/आशिका जेभीले ४ करोड १६ लाख रुपैयाँ भन्दा बढी रकम तिर्नुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएको ३५ दिनभित्र राष्ट्रिय वाणिज्य बैंक, मन्थलीमा रहेको राजस्व खातामा यो रकम जम्मा नगरेमा सरकारी बाँकी सरह असुल उपर गर्न कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत पठाइने ब्यहोरा समेत आयोजना कार्यालयले स्पष्ट पारेको छ ।

image (7)

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker