मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
इरान र अमेरिका बिचको संवादमा सहजीकरण गर्दैछन् पाकिस्तान र इजिप्ट – Pradesh Dristhi
देश

इरान र अमेरिका बिचको संवादमा सहजीकरण गर्दैछन् पाकिस्तान र इजिप्ट

तेहरान । पाकिस्तान र इजिप्टले इरान र अमेरिकाबिच सञ्चार समन्वय गरिरहेका छन् । ती दुई देशले समन्वय गरिरहेको पाकिस्तानी अधिकारी सम्बद्ध स्रोतलाई उद्धृत गर्दै आइतबार सीएनएनले समाचार प्रकाशित गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा आवागमन खुलाउन इरानलाई नयाँ समय सीमा दिएको समयमै उक्त समाचार आएको हो । उनले आइतबार एक्सियोससँगको अन्तर्वार्तामा आफ्ना विशेष दूतहरू स्टीव विटकफ र जेरेड कुशनर इरानसँग वार्तामा संलग्न रहेको बताएका थिए ।

यसैबिच, पाकिस्तानको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विदेशमन्त्री मोहम्मद इसहाक दारले आफ्ना इरानी समकक्षी अब्बास अराघचीसँग टेलिफोन संवाद गरेको जनाएको छ ।

उक्त संवादका क्रममा दारले तनाव घटाउने सबै प्रयासमा पाकिस्तानको पूर्ण समर्थन रहेको दोहोर्‍याउँदै समस्याहरूको समाधान संवाद र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए । साथै, क्षेत्रीय स्थिरता कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता पनि उनले औँल्याएका थिए ।

 

 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker