मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
बागमती प्रदेशसभा अधिवेशन आह्वान – Pradesh Dristhi
देश

बागमती प्रदेशसभा अधिवेशन आह्वान

हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

जसअनुसार प्रदेश सभा बैठक मंगलबार दिउँसो ४ बजे बस्नेछ । यसअघि प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो ।

संसदको वर्षे अधिवेशन अन्त्य भएको ५ महिना पछि सरकारले हिउँदे अधिवेशन आह्वान भएको हो । गत मंसिर ३ मा प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले संसदको चालु वर्षे अधिवेशन अन्त्य गरेका थिए । जेनजी आन्दोलन र विपद्को कारण सरकारले प्रदेशसभा बैठक बोलाउन नसक्दा विगत ८ महिना प्रदेशसभा बैठक बस्न सकेको थिएन । गत साउन २७ मा प्रदेशसभाको अन्तिम बैठक बसेको थियो ।

त्यस लगत्तै भएको जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, सभा हल सहितका प्रदेशका विभिन्न संरचना जलेपछि बैठक सञ्चालन अन्योल बनेको थियो । जेनजी आन्दोलन कै बिचमा प्रदेशसभाका तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा घोषणा गरेका थिए ।

उनले असोज १ गते प्रदेशसभामा लिखित राजीनामा पेस गरेका थिए । बैठक सञ्चालन नगरी मंसिर ३ मा हाउस अन्त्य गर्ने सरकारको निर्णय पछि प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले सार्वजनिक सूचना जारी गर्दै सभामुखको राजीनामा बारे सांसदहरूलाई जानकारी गराएकी थिइन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker