मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
फेवातालको जग्गामा आफू ठगिएको गृहमन्त्रीको दाबी – Pradesh Dristhi
देश

फेवातालको जग्गामा आफू ठगिएको गृहमन्त्रीको दाबी

काठमाडौँ । पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङले आफू नै ठगिएको दाबी गरेका छन् । जग्गाधनीले मापदण्डभित्रको जग्गा भन्ने तथ्य लुकाएर आफूलाई लिजमा दिएको भन्दै मन्त्री गुरुङले कानुनी उपचारमा जाने बताएका हुन् । गृहमन्त्री गुरुङको सचिवालयका अनुसार करिब ८-१० वर्षअघि पोखरामा साहसिक पर्यटन प्रवर्द्धनका लागि भनेर उनले योजना बनाएका थिए।

‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ को सोही योजनाका लागि लिजमा लिइएको जग्गा फेवातालको ६५ मिटरको मापदण्डभित्र परेको हो । जग्गा भाडामा लिने बेला जग्गाधनीहरूले उक्त जग्गा मापदण्डभित्र नपर्ने भनी विश्वास दिलाएको गुरुङको दाबी छ। ‘लालपूर्जामा समेत जग्गा सुरक्षित देखाइएको थियो, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ,’ मन्त्री गुरुङले भने, ‘हामीलाई झुक्याएर ठगिएको तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ ।’

एउटा युवा उद्यमीको रूपमा आफ्नो सपना र लगानीमाथि खेलबाड भएको भन्दै उनले यो अन्याय विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन् । यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यो विषयलाई लिएर गृहमन्त्रीमाथि आजै प्रश्न उठाएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो पोस्ट लेख्दै साम्पाङले गृहमन्त्रीको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको खबरले आफूलाई ‘नमज्जा’ लागेको उल्लेख गरेका थिए ।

साम्पाङले यसलाई ‘नैतिकताको सवाल’ भन्दै तत्काल पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउन मन्त्री गुरुङलाई आग्रह गरेका थिए। ‘खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! जवाफ नदिए जनताले विश्वास गर्दैनन् र प्रहरीले समेत टेर्न छोड्नेछ,” साम्पाङले लेखेका थिए । गुरुङलाई जग्गा भाडामा दिने धनीले आफूले ५ वर्षदेखि भाडा नपाएको बताएका थिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker