मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सभामुख अर्याल दलीय आबद्धता नराखेर तटस्थ हुनुहुनेछ : डा. वाग्ले – Pradesh Dristhi
देश

सभामुख अर्याल दलीय आबद्धता नराखेर तटस्थ हुनुहुनेछ : डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल दलीय आबद्धता नराखेर तटस्थताका साथ प्रतिनिधि सभालाई अगाडि बढाउने विश्वास आफ्नो रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुखमा अर्याललाई निर्वाचित गरियोस् भन्ने रवि लामिछानेको प्रस्तावको समर्थन गर्दै मन्त्री डा. वाग्लेले भने, ‘दलीय आबद्धता नराखेर तटस्थ हुनुहुनेछ । खरो साबित हुनुहुनेछ ।’

उनले यसअघिका ३ सभामुखको उदाहरण दिँदै उनीहरूले स्थापित गरेका मानकलाई अर्यालले झन् बलियो बनाउने अपेक्षा आफूले राखेको बताए ।

डा. वाग्लेले २०१५ सालमा तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले सरकार सत्तापक्षको र संसद् विपक्षको हुनुपर्छ भन्दै स्थापित गरेको मानक, त्यसलाई २०४८ सालको निर्वाचनपछि सभामुख भएका दमननाथ ढुङ्गानाले दिएको निरन्तरता र ०६५ को निर्वाचनपछि त्यो बेला संक्रमणकालबाट गुज्रिरहेको मुलुकलाई पार लगाउन सभामुखका रूपमा सुवासचन्द्र नेम्वाङले निभाएको भूमिकाको मानलाई निरन्तरता अर्यालले दिनेमा आफू विश्वस्त रहेको पनि बताए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker