मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
विश्वकप प्लेअफका लागि इराकको टोली निजी विमानमार्फत मेक्सिको जाने – Pradesh Dristhi
देश

विश्वकप प्लेअफका लागि इराकको टोली निजी विमानमार्फत मेक्सिको जाने

काठमाण्डाै – फिफा विश्वकपको प्लेअफका लागि इराकको टोली निजी विमानमार्फत मेक्सिको जाने भएको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इटालीका प्रशिक्षक ग्राहम अर्नाेल्डले खेल स्थगित गर्न आह्वान गर्नुभएको छ । तर इराकी फुटबल सङ्घका अध्यक्ष अदनान दिरजालले विश्वकप प्लेअफका लागि आफ्नो टोली निजी विमानमार्फत मेक्सिको जाने बताउनुभएको हो ।

इराकले विश्वकप प्लेअफमा यही मार्च ३१ मा बोलिभिया वा सुरिनामसँग खेल्ने तालिका छ । अन्तरमहादेशीय प्लेअफको विजेताले विश्वकप २०२६ मा स्थान सुरक्षित गर्नेछ ।

४८ वटा टोली सहभागी विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ ।

गएको फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध शुरू भएपछि मध्य पूर्वमा हवाई क्षेत्र बन्द भएको छ ।

 

अन्तिम अपडेट: चैत १, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker