मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
समानुपातिक मतगणना सकियो, सिट बाँडफाँडको तयारीमा निर्वाचन आयोग – Pradesh Dristhi
देश

समानुपातिक मतगणना सकियो, सिट बाँडफाँडको तयारीमा निर्वाचन आयोग

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ।

बुधबार बिहान गोरखा-१ र इलाम-१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। मतगणना सकिएसँगै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको जीसीले बताए।

समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ। केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने उनले बताए।

यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचनतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ। गणना भएकोमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ सहित अग्रता कायम गरेको छ।

नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले)ले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख पाँच हजार ७७३ मत पाएको छ। त्यस्तै, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत हासिल गरेका छन्। अन्य दल थ्रेसहाल्ड कटाउने स्थितिमा नदेखिएको निर्वाचन आयोगले जनाएको छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker