देश
राजेश हमाल अभिनीत फिल्मको टिकट ५०९ मात्र बिक्री
काठमाडौँ । राजेश हमालको अभिनय रहेको फिल्म ‘प्रवासी जीवन’को टिकट ५०९ वटा मात्र बिक्री भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिसमा फिल्मको टिकट ५०९ मात्र बिक्रि भएको देखिएको छ । यो टिकटबाट फिल्मले १ लाख ३८ हजार ४८० ग्रस कलेक्सन गर्न सफल भएको छ ।
अमेरिकामा संघर्षरत नेपालीको कथामा बनेको फिल्म फागुन १५ देखि नेपालभर प्रदर्शन आएको थियो । फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले गरेका हुन् ।
फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले अभिनय छ ।
फिल्ममा रविन आचार्यले लगानी गरेका छन्।



