मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मतदान गर्न लुकिछिपी आएका फरार अभियुक्त पक्राउ – Pradesh Dristhi
देश

मतदान गर्न लुकिछिपी आएका फरार अभियुक्त पक्राउ

स्याङ्जा । निर्वाचनको मौका छोपी मतदान गर्न लुकिछिपी आएका तीन जना फरार कसूरदारलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतको टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका अर्जुनचौपारी गाउँपालिका–५ का ४० वर्षीय प्रेमबहादुर दर्जी रहेका छन्। यस्तै, बहुविवाह मुद्दामा २ वर्ष ५ महिना १३ दिन कैद सजाय बाँकी रहेका आँधीखोला गाउँपालिका–४ का ७४ वर्षीय रामबहादुर कामी र बैंकिङ कसुरमा २ दिन कैद सजाय तोकिएका पुतलीबजार नगरपालिका–५ का ५८ वर्षीय बुद्धिमान शाही पनि पक्राउ परेका छन्।

निर्वाचन लक्षित सुरक्षा रणनीतिअनुसार मतदान प्रक्रिया सकिए लगत्तै उनीहरूलाई फागुन २१ गते पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई कैद भुक्तान र जरिवाना असुलका लागि सोमबार स्याङ्जा जिल्ला अदालत पठाइएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker