मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात, उपत्यका र तराईमा तुवाँलो – Pradesh Dristhi
देश

गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात, उपत्यका र तराईमा तुवाँलो

काठमाडौँ । पछिल्लो ६ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने अन्य भू-भागमा आंशिक बदली रहेको छ।

काठमाडौँ उपत्यका र तराईका भूभागमा भने बिहानैदेखि बाक्लो तुवाँलो लागेको छ। महाशाखाले जारी गरेको पूर्वानूमान अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ। बदलिँदो मौसम र वर्षाको सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker