सुर्खेत–२ : कांग्रेस–एमालेलाई चकित पार्दै रास्वपाका सापकोटा विजयी

सुर्खेत । सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश कुमार सापकोटाले चुनाव जितेका छन्। नेपाली कांग्रेस र एमाले जस्ता पुराना दलको प्रभाव क्षेत्र मानिने यो क्षेत्रमा सापकोटाले आश्चर्यजनक रुपमा जित निकालेका हुन् ।
औपचारिक घोषणा हुन् भने बाँकी छ। उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नारायण सापकोटाले मतगणना स्थल वीरेन्द्रनगरको सिटीहल क्षेत्रबाट बाहिरिएका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर समेत रहेको यो क्षेत्रमा रास्वपाले पुराना दलले नसोचेको परीणाम ल्याएसँगै पुराना दलहरु अचम्मित बनेका छन्। एमाले र कांग्रेसको गढ मानिएका वीरेन्द्रनगर हरेक वडामा रास्वपाले अग्रस्थानमा मत ल्याएको देखिन्छ।
यातायात व्यवसायी पृष्ठभूमिका सापकोटा पुर्व कांग्रेस हुन् । कांग्रेसमा चित्त नबुझाएका उनी रास्वपा प्रवेश गरे । अहिले उनी रास्वपा सुर्खेतको सभापति समेत रहेका छन्।



