मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पौने २ लाख समानुपातिक मत गन्दा ६ दल थ्रेसहोल्डभन्दा माथि – Pradesh Dristhi
देश

पौने २ लाख समानुपातिक मत गन्दा ६ दल थ्रेसहोल्डभन्दा माथि

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म १ लाख ७२ हजार ६४६ समानुपातिक मत गणना भएको छ । निर्वाचन आयोगमा अनुसार शनिबार दिउँसो १ बजेसम्म सो बराबरको मत गणना भएको हो ।

यसमध्ये राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) ले ९४ हजार ९८ मत ल्याएको छ । त्यस्तै, नेपाली कांग्रेसले  २८ हजार ३२३, नेकपा एमालेले १९ हजार ९०५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  ८ हजार ८८०, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को ६ हजार ६४७ तथा श्रम संस्कृति पार्टीको ५ हजार ५६० मत आएको छ । भने बाँकी अन्य दलको मत आएको देखिन्छ ।

अहिलेसम्म यी सबै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् भने बाँकीले थ्रेसहोल्ड कटाउन सकेका छैनन्   । यसमध्ये रास्वपाले ल्याएको मत कुल मतको ५४.५० प्रतिशत, नेपाली कांग्रेसले १६.४० प्रतिशत, नेकपा एमालेले ११.५३ प्रतिशत, ३.८५ प्रतिशत र श्रम संस्कृति पार्टीले ३.२२ प्रतिशत मत प्राप्त भएको छ ।

उज्यालो नेपाल पार्टीसँग एकात गरेको राष्ट्रिय परिवर्तन पार्टी (बाँसुरी चुनाव चिन्ह) को ३ हजार ४६१ मत आए पनि यो थ्रेसहोल्डका लागि पर्याप्त देखिँदैन ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker