देश
सङ्खुवासभामा पनि मतगणना सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो १ बजेबाट मत गणनाका सुरु गरिएको हो ।
सङ्खुवासभाका विकट क्षेत्रका मतपेटिकाहरू हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने भएकाले मतगणना सुरु हुन केही ढिलाइ भएको थियो ।
खराब मौसमका कारण शुक्रबार हेलिकप्टर उड्न नसकेपछि ती मतपेटिकाहरू आज (शनिबार) बिहान साढे ८ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइएको थियो ।



