पर्सा–२ मा पनि रास्वपाको जित पक्का, सुशील कानु १६ हजार बढी मतले अगाडि

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र २ मा पनि रास्वपाले जीत पक्का गरेको छ ।
रास्वपाका उम्मेदवार सुशिल कुमार कानुले भारी मतान्तरले अग्रता लिएपछि जीत निश्चित भएको छ ।
क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय अनुसार रास्वपा उम्मेदवार कानुले १५ सय मत गन्न बाँकी रहँदा करिब १६ हजार बढीको अग्रता लिएका छन ।
रास्वपा उम्मेदवार कानुले २६ हजार ३ सय ६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार उनको निकटम प्रतिद्वन्द्वी अजयकुमार चौरसियाले भने १० हजार ५ सय ५७ मत प्राप्त गरेका छ्न ।
तेस्रो नम्बरमा रहेका एमाले उम्मेदवार रिमा यादवले भने १० हजार २ सय ६२ मत प्राप्त गरेकी निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
पर्सा क्षेत्र नम्बर २ मा रहेको कुल मतदाता ९५ हजार १ सय २० मध्ये ६६ हजार ५७ मत खसेको थियो ।
जसमध्ये ३ हजार ८ सय ७९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार अब करिब १५ सय मत गन्न मात्र बाँकी छ, एक घन्टाभित्र त्यो पनि गन्ने काम सकिन्छ ।



