मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
वडाध्यक्षदेखि सांसदसम्म: पर्सा–२ मा सुशिल कानु विजयी, ल्याए १८८५० बढी मत – Pradesh Dristhi
देश

वडाध्यक्षदेखि सांसदसम्म: पर्सा–२ मा सुशिल कानु विजयी, ल्याए १८८५० बढी मत

वीरगन्ज । पर्सा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशील कुमार कानु भारी मतान्तरसहित विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपा उम्मेदवार कानुले नेपाली कांग्रेसका अजय चौरसियालाई १८ हजार ८५० मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

कानुले कुल ३० हजार ७४० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चौरसियाले ११ हजार ८९० मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा (एमाले)की उम्मेदवार रिमा यादवले ११ हजार ६०५ मत प्राप्त गरेकी छन् ।

नवनिर्वाचित सांसद कानुको राजनीतिक यात्रा भने स्थानीय तहबाट सुरु भएको हो ।

उनी यसअघि भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

पर्सा क्षेत्र नम्बर–२ मा कुल ९५ हजार १२० मतदाता रहेका थिए ।

जसमध्ये ६५ हजार ८७८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker