मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सुरुवाती चरणमा पछि परेका महावीर पुन म्याग्दीमा पहिलो स्थानमा – Pradesh Dristhi
देश

सुरुवाती चरणमा पछि परेका महावीर पुन म्याग्दीमा पहिलो स्थानमा

म्याग्दीको प्रतिनिधिसभा निर्वाचनमा रोचक मोड देखिएको छ। सुरुवाती गणनामा केही पछि देखिएका स्वतन्त्र उम्मेदवार महावीर पुनले धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ सम्मको गणना सकिँदा सनसनीपूर्ण अग्रता लिएका छन्।
म्याग्दीकै सबैभन्दा उचाइमा रहेको धवलागिरी–१ गुर्जा र वडा नम्बर २ लुलाङको गणना हुँदा पुन केही पछि परेका थिए। तर, वडा नम्बर ४ को मत परिणाम सार्वजनिक भएसँगै उनले स्थापित दलका उम्मेदवारलाई पछाडि पार्दै ९६६ मतका साथ पहिलो स्थान सुरक्षित गरेका हुन्।

सुरुवाती चरणमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाले पुनलाई उछिनेका थिए। तर, भूगोल र वडा परिवर्तनसँगै महावीरको पक्षमा मत खनिएको छ। अहिले पुन एमालेका हरिकृष्ण श्रेष्ठभन्दा ३५४ मतले अगाडि छन्। कांग्रेसका कर्णबहादुर भण्डारी भने ३९५ मतका साथ चौथो स्थानमा खुम्चिएका छन्।

म्याग्दीमा यसपटक कुल ४० हजार ७८५ मत खसेको छ। धवलागिरीका बाँकी वडाहरू र अन्य गाउँपालिकाको गणना बाँकी नै रहेकाले यो प्रतिस्पर्धा अझै रोचक हुने देखिएको छ। पुनको यो अग्रताले म्याग्दीमा ‘परिवर्तनको लहर’ आएको चर्चा सुरु भएको छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker