मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मुस्ताङमा कांग्रेस उमेदवार गौचनको जित निश्चित – Pradesh Dristhi
देश

मुस्ताङमा कांग्रेस उमेदवार गौचनको जित निश्चित

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपालि नेपाली कांग्रेसले मुस्ताङबाट पहिलो जित हासिल गर्ने पक्का भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका उमेदवार योगेश गौचनको जित निश्चित भएको हो । यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले नतिजाको औपचारिक घोषणा गरेको छैन ।

०७९ सालको निर्वाचनमा पनि उनी यहीँबाट निर्वाचित भएका थिए । सार्वजनिक पछिल्लो मत परिणामानुसार गौचनले दुई हजार ५५७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का इन्द्रधारा विष्टले एक हजार ३२३ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उमेदवार बनेका अधितियचन्द्र थकालीले ५९१ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार कमला लालचनले १५३ मत ल्याइएकी छन् ।

हालसम्म ६४ मत बदर भएको छ । मुस्ताङमा कुल ६ हजार ३९७ मत खसेको थियो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker