मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
धनुषा–१ मा अन्योल: निर्वाचन आयोगको ‘ग्रिन सिग्नल’ नआएसम्म मतगणना नहुने – Pradesh Dristhi
देश

धनुषा–१ मा अन्योल: निर्वाचन आयोगको ‘ग्रिन सिग्नल’ नआएसम्म मतगणना नहुने

धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना कार्य तत्काल सुरु नहुने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै निर्वाचन आयोगबाट स्पष्ट निर्देशन नआएसम्म गणना प्रक्रिया अघि नबढाउने जानकारी दिएको हो।

यस क्षेत्रमा गत फागुन १८ गते  रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी आयोगले खारेज गरेको थियो । मतदान सम्पन्न भए पनि केही प्राविधिक वा कानुनी विषयमा स्पष्टता आवश्यक देखिएपछि गणना रोकिएको बुझिएको छ। निर्वाचन अधिकृत मनोज बरालले हस्ताक्षर गरी जारी गरेको सूचनाअनुसार मतगणनासम्बन्धी ठोस मार्गनिर्देशन माग्दै आयोगलाई पत्राचार गरिएको छ।

तर, हालसम्म केन्द्रबाट कुनै आधिकारिक जवाफ प्राप्त नभएकाले गणना कार्य अन्योलमा परेको हो। आयोगको निर्देशन प्राप्त हुनासाथ दलका प्रतिनिधिहरूसँगको समन्वयमा गणना सुरु गरिने कार्यालयले जनाएको छ।

मतगणना सुरु हुने निश्चित समयबारे पछि पुनः अर्को सूचनामार्फत जानकारी दिइने बताइएको छ। धनुषा–१ को मतपेटिकाहरू अहिले कडा सुरक्षा घेराभित्र राखिएका छन्।

648352015_947188897879224_2589996640473322087_n

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker