मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कास्कीमा दिउँसो २ बजेसम्म ४३ प्रतिशत मत खस्यो, महिलाको सहभागिता उच्च – Pradesh Dristhi
देश

कास्कीमा दिउँसो २ बजेसम्म ४३ प्रतिशत मत खस्यो, महिलाको सहभागिता उच्च

कास्की । कास्की जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान कार्य उत्साहपूर्ण रूपमा अघि बढिरहेको छ।

जिल्ला निर्वाचन कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार दिउँसो २स्१० बजेसम्म कुल १ लाख ३३ हजार ५ सय १७ मतदाताले मतदान गरिसकेका छन्। यो जिल्लाको कुल मतदाता संख्याको ४३।२७ प्रतिशत हो।

पछिल्लो विवरणअनुसार मतदानमा महिलाहरूको अग्रता कायमै छ। दिउँसो २स्१० बजेसम्म ६९ हजार २ सय ७६ महिला र ६४ हजार २ सय ४० पुरुषले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने अन्य लिंगी १ जनाले मतदान गरेका छन्।

बिहानको तुलनामा दिउँसो मतदाताको चाप मतदान केन्द्रहरूमा थप बढेको देखिएको छ।
जिल्लाका १५३ वटै मतदान स्थलमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको र सुरक्षा व्यवस्था चुस्त राखिएको प्रशासनले जनाएको छ।

मतदानको समय अब केही घण्टा मात्र बाँकी रहेकाले अन्तिम समयमा मत खस्ने दर अझ बढ्ने अनुमान गरिएको छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker